नेपालले ओमनलाई दियो १५२ रनको लक्ष्य, कुशलले हाने अर्धशतक

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ed2ed0d2f5f.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–सिक्समा नेपालले ओमनलाई १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे । बलिङमा नदिम खानले सर्वाधिक ४ विकेट लिए । हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् ।


Facebook Comments