केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न देशमा रहेका राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई कार्तिक २० भित्र फर्किसक्न निर्देशन दिइएको छ ।
Facebook Comments