युवा संघले दियो बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी


काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ ।
राष्ट्रिय युवा संघ नेपालले शाह र गुरूङले जेन–जी आन्दोलनको नाममा हिंसा र तोडफोडलाई प्रोत्साहन गरेको भन्दै आज जाहेरी दिएको हो ।
उनीहरूविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन माग गरिएको छ ।
शाह र गुरूङको नेतृत्वमा रहेका समूहहरूले पार्टी र सरकारी भौतिक संरचनाहरू नष्ट गर्ने उद्देश्यले आन्दोलनको दुरुपयोग गरेको जाहेरीमा उल्लेख छ।
यस्तै, आन्दोलनको नाममा चितवनमा एमालेका करिब दुई दर्जन नेताहरूका घर तथा कार्यालयमा तोडफोड र आगजनी गरिएको, जिल्लाका विभिन्न पार्टी कार्यालय, तीन नगर र एक वडाका संरचनामा समेत क्षति पुर्याइएको उल्लेख छ।
यसअघि अनेरास्ववियु चितवनले पनि यही विषयमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेको थियो । जेन–जी आन्दोलनको नाममा हिंसा र तोडफोडलाई प्रोत्साहन गरेको भन्दै विभिन्न जिल्लामा शाह र गुरुङविरुद्ध उजुरी परेको छ ।
Facebook Comments