राष्ट्रपति–प्रधानमन्त्रीसँग जेनजी प्रतिनिधिको वार्ता सकियो, के भयो छलफल ?

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f1020c51799.png

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीको प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।  त्यस्तै, बैठकमा सरकारका मन्त्रीहरू पनि सहभागी हुन पुगेका थिए ।

बैठकमा जेनजीका प्रतिनिधिहरु मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए ।

आज साढे ५ बजेदेखि चलेको वार्ता २ घण्टा बढी बसेर सकिए पनि छलफलका विषय सार्वजनिक हुन बाँकी छ ।  गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो ।


Facebook Comments