रास्वपा सचिवालयमा मनोनीत भए यी ४ नेता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयमा ४ जना सदस्य मनोनीत भएका छन् । कार्यबाहक सभापति डीपी अर्यालले सचिवालयमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई मनोनीत गरेका हुन् । यसअघि रास्वपामा १० जना सचिवालय सदस्य थिए । अब भने १४ जनाको सचिवालय बनेको छ ।
रास्वपाको विधानमा २५ जनासम्मको पार्टी सचिवालय गठन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सचिवालय विस्तार गरिएको रास्वपा स्रोतले जानकारी दिएको छ ।
Facebook Comments