म प्रधानमन्त्री हुँदा शान्ति थियो, अहिले त्रास र अस्थिरता छ : ओली

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4ad64082aa.png

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री पदमा रहँदा देशमा शान्ति सुव्यवस्था र निर्धक्क वातावरण रहेको दाबी गरेका छन् । 

आइतबार सम्पादकहरूसँगको छलफलमा उनले अहिले देशमा त्यो अवस्था भङ्ग भएको र ’त्रास’ तथा ’अस्थिरता’ छाएको बताए ।

ओलीले देश विकासको बाटो र सार्वभौमसत्ताको संरक्षण ’भताभुंग’ भएको र देश अनिश्चयमा गएको टिप्पणी गरे ।

उनले कसैलाई मन परे पनि नपरे पनि आफ्नो बफादारिता यस देश र जनताप्रति पूर्ण रहेको र आफ्नो निष्ठाका मूल्य मान्यता नछाड्ने अडान दोहोर्याए ।


Facebook Comments