आन्दोलनबाट संविधान फालेर राजसंस्था ल्याउनुपर्छ : महामन्त्री राणा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4b48065467.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले मुलुकमा चुनाव नभई आन्दोलनको माध्यमबाट संविधान फालेर राजसंस्था पुनःस्थापना गर्नुपर्ने धारणा राखेका छन् ।

शाही युवा शक्ति नेपालले शनिबार सामाखुसीमा गरेको कार्यक्रममा बोल्दै संयुक्त जनआन्दोलन समितिका कार्यवाहक अध्यक्षसमेत रहेका राणाले भने, ‘हामीले चुनावमा भन्दा पनि आन्दोलनबाट राजसंस्थालाई कायम गरौँ, यो संविधान र प्रदेशहरू हटाऔँ ।’

उनले जेनजी युवाहरूलाई दुई/तीन महिनापछि चुनाव भएमा फेरि उही भ्रष्ट नेता र पार्टीहरू नै सत्तामा आउने सम्भावना रहेको भन्दै आन्दोलनमा केन्द्रित हुन आग्रह गरे ।

राणाले नेता पाल्न देशको पैसा खर्च नगर्न र राजासहितको हिन्दु राष्ट्र स्थापनाका लागि फेरि सडकमा उत्रिन आह्वान गरे । यद्यपि, राप्रपाले भने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा जाने बताइरहेको छ ।


Facebook Comments