प्रहरीको हतियार लुट्ने र बर्दी खोल्न लगाएर बागमतीमा लखेट्ने व्यक्ति पक्राउ


काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सो दिन तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ पक्राउ परेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।
आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए । प्रहरीले भिडियो फूटेज र फोटोहरुका आधारमा घिसिङलाई पक्राउ गरेको हो ।
दोलखाको शैलुङ गाउँपालिका–१ घर भएका ४८ वर्षीय घिसिङ काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा बस्दै आएका थिए । उनलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको भट्टराईले बताए ।
Facebook Comments