प्रधानमन्त्रीले बोलाइन् दलहरूको बैठक, निर्वाचनबारे छलफल हुने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4fab6329b9.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे छलफल गर्न राजनीतिक दलहरूलाई आह्वान गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालय सम्बद्ध स्रोतका अनुसार छलफलका लागि आगामी मंगलबार (४ कात्तिक) मा  राष्ट्रिय मान्य प्राप्त दलहरूलाई बोलाइएको छ ।

छलफलका लागि केही दलहरूलाई निम्तो पठाइसकिएको छ भने केहीले पठाउने तयारी भइरहेको छ । प्रत्येक दलबाट २र२ जनालाई छलफलमा बोलाइएको स्रोतले जनाएको छ ।

सरकारले चुनाव घोषणा गरेर पनि दलहरूसँग संवाद नगरेको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री कार्कीले दलहरुसँग छलफल गर्न लागेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा दलहरूसँग अन्तरक्रिया आयोजना गरेका थिए । 


Facebook Comments