राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि  निर्वाचन आयोगमा आवेदन

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f5dc1fe2004.jpg

काठमाडौं। राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा दल दर्ताका लागि निवेदन दिइएको हो । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ रहेको छ ।

पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने भनिएको छ । युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।

जेनजी पार्टीको उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य तथा सचिवहरू सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको जनाइएको छ । सोती बुटवलबाट जेनजी आन्दोलनमा भूमिका निभाएका युवा अभियन्ता भएको बताइएको छ । उक्त पार्टीको प्रारम्भिक केन्द्रीय कमिटी २१ जनाको रहने बताइए पनि सदस्यहरूको नाम खुलाइएको छैन । उक्त पार्टीको कार्यालय ठेगाना अनामनगर उल्लेख छ ।

 


Facebook Comments