काठमाडौं आइपुग्यो इजरायलमा मारिएका विपिन जोशीको श*व

काठमाडौं । विपिन जोशीको शव काठमाडौं ल्याइएको छ। इजरायलमा मारिएका विपिनको शव सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
विपिनलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।
Facebook Comments