सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई दुई लाख रूपैयाँ सहयोग गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका विपिन जोशीको परिवारलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गर्ने बताएका हुन् ।
सरकारले त्यो बेला जोशीसहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यतलाई पनि जनही २र२ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोग बापतको चेक हस्तान्तरण गरेको थियो ।
Facebook Comments