तनहुँमा एक पुरुष मृ*त फेला

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

दमौली । तनहुँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा व्यास नगरपालिका–१० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। घटनाबारे प्रारम्भिक सोधखोजका क्रममा निजले मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रनाउ विकले बताए । 


Facebook Comments