विपिन जोशीको श*व परिवारलाई बुझाइयो, महाकाली घाटमा अन्त्येष्टि गरिने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f65caad5362.jpg

काठमाडौं । हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानका साथ शव हस्तान्तरण गरेको हो।

जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बझेका हुन्। उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिने छ । उनको अन्त्येष्टि भीमदत्तनगरस्थित महाकाली घाटमा गरिने परिवारले जनाएको छ।

आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका जोशीको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए।

युद्धविरामपछि हमासले इजरायली सेनालाई उनको शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको प्रमाणित भएको हो।
 


Facebook Comments