नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने तयारी गरेको छ । बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रतिवद्धता जनाएकी हुन् ।
‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शंखधर साःख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए । शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो ।
Facebook Comments