नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधवार बिहान अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत सोमबार साँझ सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले अधिकारीमाथि दुर्व्यवहार गरेका थिए ।
Facebook Comments