रूपन्देहीमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर ३ जनाको मृ*त्यु


रूपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका– ६ सूर्यपुराघाटमा दुर्गा मूर्ति सेलाउने क्रममा ३ जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
आज दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा पुगेका थिए। विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएका हुन् । खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
Facebook Comments