वेस्ट बैंकबारे चिन्ता नगर्न राष्ट्रपति ट्रम्पको आग्रह
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंकमा कुनै कारबाही गर्न नदिने बिहीबार स्पष्ट पारेका छन् ।
वेस्ट बैंकका केही भागमा इजरायली कानुन लागू गर्ने विधेयकलाई इजरायली संसद्ले प्रारम्भिक स्वीकृति दिएपछि ट्रम्पको यो भनाइ आएको हो ।
वेस्ट बैंक विलय गर्ने कदमको आफू कडा विरोधी रहेको ट्रम्पले दोहोर्याए । उनले भने, “वेस्ट बैंकको बारेमा चिन्ता नगर। इजरायलले वेस्ट बैंकलाई केही गर्ने छैन।“
अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले ट्रम्पको अडानलाई समर्थन गर्दै वेस्ट बैंक विलय मूर्खतापूर्ण राजनीतिक स्टन्ट हुने बताए ।
यद्यपि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनालाई गम्भीर असर पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
ट्रम्पको उक्त शान्ति योजना हाल हमास र इजरायलबीचको कमजोर युद्धविराममा आधारित छ ।
Facebook Comments