मन्त्रिपरिषद् विस्तार: आज चार मन्त्रीले शपथ लिने तयारी, को-को बन्दैछन् मन्त्री ?
मेयरसाप डेस्क
|
२२ घण्टा अगाडि
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । स्रोतका अनुसार सरकारमा आज ४ जना मन्त्रीहरु थपिने भएका छन् ।
नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो । नवनियुक्त मन्त्रीहरुको शपथ पनि आजै गर्ने तयारी रहेको बताइएको छ ।
मन्त्री बन्न लागेका डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् भने गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । यसैगरी खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् भने बब्लु गुप्ता सामाजिक कार्यमा सक्रिय छन् । आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। यसअघि मन्त्रिमण्डलमा ८ सदस्य थिए ।
Facebook Comments