तिहारपछि तोलामा साढे ११ हजारले घट्यो सुनको मूल्य
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । तिहारको बिदापछि बजार खुल्दा आज (आइतबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ । तिहार बिदाअघिको तुलनामा सुनको मूल्य प्रतितोला रु ११ हजार ६ सयले घटेको हो ।
कात्तिक ३ गते प्रतितोला रु २ लाख ५३ हजार ५ सय रहेको सुनको मूल्य आज रु २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा अघिल्लो मङ्गलबार १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो, जहाँ मूल्य ६ प्रतिशतभन्दा बढीले घटेर प्रतिऔँस ४,०८२ डलरमा झरेको थियो ।
चाँदी पनि तोलामा रु २ सय ६५ ले घटेर आज रु ३ हजार १५ मा कारोबार भइरहेको छ । चाँदी गत ३ गते रु ३ हजार २ सय ८० मा कारोबार भएको थियो ।
Facebook Comments