मन्त्रिपरिषद् तेस्रोपटक विस्तार, दुई मन्त्रीले लिए शपथ
मेयरसाप डेस्क
|
५ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । यद्यपि मन्त्रिपरिषद्ले अझै पूर्णता भने पाउन सकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा डा. सुधा शर्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले सुरुमा चार जनालाई मन्त्री नियुक्ति गर्ने तयारी गरे पनि श्रममन्त्रीमा सिफारिस गरिएका खगेन्द्र सुनार विवादमा मुछिएपछि अन्तिम समयमा उनकोे नाम सूचीबाट हटाइएको थियो ।
भूमिमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको पनि शपथ रोकिएको छ । उनको शपथ रोकिनाको कारण भने खुलाइएको छैन । यस विस्तारसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
Facebook Comments