मन्त्रालयका सबै बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको निर्णय

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fe1dc5e6756.jpg

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गरेका छन् । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे । उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। 

सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवा समेत हुन् । उनी सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन् । मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाएका थिए । त्यसैगरी उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका छन् । 


Facebook Comments