पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका लागि खटिएका सबै सुरक्षाकर्मी फिर्ता

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6900d28062bdd.jpeg

काठमाडौं ।  सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली फिर्ता गर्ने निर्णय सरकारले गरेको हो । 

पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीको सुरक्षा प्राप्त गर्दै आएका थिए । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले सुरक्षाकर्मी फिर्ता गरिएको हो । पतञ्जलि जग्गा प्रकरणमा नेपाल ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका हुन्। यो मुद्दाको फैसला हुन बाँकी छ।  

यसअघि सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व तथा बाहलवाला अतिविशिष्ट तथा विशिष्ट व्यक्तिहरुलाई मापदण्डविपरीत दिँदै आएको सुरक्षाकर्मी फिर्ता गराएको थियो ।


Facebook Comments