विचारमा संगठित नहुँदा जेन–जी आन्दोलन हाइज्याक भयो : झाँक्री
मेयरसाप डेस्क
|
१४ घण्टा अगाडि
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र युवाहरूले उठाएको नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको मागमा ऐक्यबद्धता जनाएकी छन् ।
उनले बुधबार एकीकृत समाजवादीमा आबद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई आफ्नो फेसबुकमा पोस्ट गर्दै समर्थन जनाएकी हुन् ।
झाँक्रीले विचार र राजनीतिमा संगठित नभएकै कारण जेनजी विद्रोह अरूले हाइज्याक गरेको उल्लेख गरेकी छन् । उनले जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्नेमा जोड दिएकी छन् ।
एकीकृत समाजवादीका युवाहरूले पार्टीलाई रूपान्तरण गर्दै ‘नेतृत्व हस्तान्तरण’ गर्नुपर्ने माग राखेका छन् । उनीहरूले लाखौँ वाम विचारमा विश्वास गर्ने मतदातालाई पार्टीमा संगठित गर्न व्यापक रूपान्तरणसहितको ‘वाम एकता’को आह्वान गरेका छन् ।
Facebook Comments