बालुवाटारमा सरकार, दल र जेनजीबीच त्रिपक्षीय छलफल सुरु
राजनीतिक समझदारी जुटाउने प्रयास
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको माहोल तयार गर्न बालुवाटारमा त्रिपक्षीय छलफल सुरु भएको छ ।
सरकार, प्रमुख राजनीतिक दलहरू र जेनजी समूहका प्रतिनिधिहरूबीच यो पहिलो संयुक्त बैठक हो । छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागी छन् ।
प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल लगायत सरकारी टोलीमा छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले, एमालेबाट महेश बर्तौला लगायतका नेताहरू सहभागी छन् ।
’इण्डिजिनिस जेनजी कलेक्टिभ’, ’हाउ टु देश विकास’ र ’जेनजी मुभमेन्ट एलाइन्स’ बाट मोनिका निरौला, रक्षा बम, मिराज ढुंगाना लगायतका प्रतिनिधिहरू सहभागी छन् ।
निर्वाचनको समग्र वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने विषय छलफलको मुख्य कार्यसूची हो ।
Facebook Comments