अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा रिहा गर्ने आदेश

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/68fdd90c8e57e.jpg

काठमाडौं । विद्युतीय कारोबारसम्बन्धी कसुरको अभियोगमा फरार रहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई जिल्ला अदालत काभ्रेपलान्चोकले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सुनार मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय सार्वजनिक भएको थियो ।

अधिवक्ता मनिषा गौतमले सामाजिक सञ्जालमा गरिएको गालीगलौजको स्क्रिनसट प्रमाणसहित विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

काभ्रे अदालतले सुनारलाई पक्राउ गर्नका लागि गत साउन ५ गते दैलेख प्रहरीलाई अनुमतिसहित पक्राउ पूर्जी जारी गरेको थियो ।


Facebook Comments