म्याग्दीमा प्रसूती व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार
मेयरसाप डेस्क
|
१६ घण्टा अगाडि
म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति व्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्याइएको हो ।
गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।
Facebook Comments