नेपालको लगातार तेस्रो हार, अमेरिकासँग ४ विकेटले पराजित

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/nepal.jpg

काठमाडौं ।  आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ । आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले अमेरिका समक्ष २७२ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको २७२ रनको लक्ष्य पच्छाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए । मिलिन्द कुमारले ७० रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्सन झाले एकएक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रहार गरे । ऐरीले सर्वाधिक ७५ रन योगदान दिए ।

करण केसीले ३१ बलमा ४९ रन बनाए । उनी अर्धशतक बनाउन चुके । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

बलिङमा अमेरिकाका लागि हर्मीत सिंहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २÷२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए । योसँगै युएईमा जारी सिरिजमा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरेको हो । सिरिजको आफ्नो चौथो खेलमा नेपालले बुधबार युएईविरुद्ध खेल्नेछ।


Facebook Comments