बस र ट्रक ठोक्किँदा २० जनाको मृ*त्यु, २० जना घाइते
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किएर ठूलो दुर्घटना भएको छ । सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।
तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् ।
Facebook Comments