प्रचण्ड, माधव र नारायणकाजीबीच आलोकनगरमा छलफल

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/madhab-prachanda-narayankaji.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

एकताको सहमतिपछि नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा उनीहरुबीच छलफल भइरहेको छ । पार्टी एकताको सहमतिपश्चात थप महत्त्वपूर्ण छलफलका लागि उनीहरू जुटेको बताइएको छ ।

माओवादी र नेकपा एससहित ८ पार्टीबीच एकता सहमति भइसकेको छ। एकीकृत पार्टीको चुनाव चिह्न भने ‘पाँचकुने तारा’ राख्ने सहमति भइसकेको छ। यद्यपि, नामबारे अझै निष्कर्षमा पुगेका छैनन्।


Facebook Comments