जेन-जी आन्दोलनमा मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इलामको माई नगरपालिका–८ घर भएकी २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका–२ घर भएकी २२ वर्षीया आयुषा कुमाल रहेका छन् ।
उनीहरूलाई आज बुढानीलकण्ठको गैरीगाउँबाट नियन्त्रणमा लिइएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले गत भदौ २४ गते भएको जेन–जी प्रदर्शनको मौका छोपी मेयर अधिकारीको निवासमा तोडफोड गरेको खुलेको छ ।
पक्राउ परेका दुवै आरोपीहरूमाथि हाल प्रहरी वृत्त बौद्धले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ । जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड र हिंसाका घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।
Facebook Comments