जेन–जीको म्यान्डेट पूरा गर्न निर्वाचन हुनुपर्ने रास्वपाको निष्कर्ष

प्रतिशोधको राजनीति त्याग्न आग्रह

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rsp_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै आगामी निर्वाचनलाई नै देशको निकासका रूपमा चित्रण गरेका छन् ।

जेन–जी आन्दोलनपछि ’डिरेल’ भएको संविधानलाई निर्वाचनले मात्रै ‘लिकमा ल्याउन’ सक्ने कार्यवाहक सभापति अर्यालको निष्कर्ष छ ।

प्रतिवेदनमा भनिएको छ, ‘कथम् संसद् पुनस्र्थापना भयो भने फेरि पुगिने त्यहाँ नै हो, जुन संसद्ले जेन–जी आन्दोलनको म्यान्डेट र जनभावना अनुसार निकास दिन सक्दैन ।’ अर्यालले राजनीतिक दलहरूलाई फागुन २१ गतेको निर्वाचनमा सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका छन् ।

रास्वपाले सम्पत्ति विवरण नबुझाएको नागरिक सरकारलाई निःसर्त र अनन्तकालीन समर्थन गर्न नसक्ने प्रष्ट पारेको छ ।

सरकार प्रतिशोधको राजनीतिविरुद्ध कसरी प्रस्तुत हुन्छ, सुशासन, दण्डहीनताको अन्त्य र निर्वाचनसम्बन्धी कामकारबाही मा कसरी अघि बढ्छ भन्ने कुराले नै पार्टीको समर्थनको निरन्तरता वा क्रमभंगता निर्धारण गर्ने प्रतिवेदनमा उल्लेख छ ।

अर्यालले प्रधानमन्त्री स्वयंको केही नेता विशेषसँगको संवाद अनिच्छाले दलहरूबीचको दूरी बढाउने चिन्ता व्यक्त गर्दै सरकार सबैको अभिभावक हुनुपर्ने सुझाव दिएका छन् ।


Facebook Comments