कांग्रेस नेता अफताब आलमको मृ*त्यु
मेयरसाप डेस्क
|
६ घण्टा अगाडि
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ । उनको गएराति २ः५८ बजे काठमाडौं मेडिकल कलेज (केएमसी)मा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको केही दिनअघि देखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको मुटुमा समस्या देखिएपछि दुई साता अगाडि अस्पतालमा भर्ना भएका थिए । सुरुमा आईसीयुमा राखेर उपचार गरिएपनि अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।
२०६४ सालको संविधानसभा निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। त्यसपछि उनी थुनामुक्त भएका थिए। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।
Facebook Comments