हङकङ सिक्सेस क्रिकेट: नेपालको लगातार दोस्रो हार

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/nepal-cricket_1.jpg

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए । 

यता नेपालका लागि लोकेश बमले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३।३ ओभरमा ५८ रनमा अलआउट भएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।  


Facebook Comments