विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २२ गते ००:१५
Image of https://mayorsap.com/storage/photos/shares/jitendra-sonal.jpg

काठमाडौं । विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा बैठकमा आफ्नो राजीनामा घोषणा गरेका हुन् ।  

आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन् ।

 उनी जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई समर्थन गरेका जनमत पार्टी विभाजन भएपछि विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका हुन्।


Facebook Comments