नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/img-1104.JPG

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न १० कम्युनिष्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन गरी यही कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए । 


Facebook Comments