बलिउड अभिनेता धर्मेन्द्रको उपचारको क्रममा नि*धन

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते १७:००
Image of https://mayorsap.com/storage/photos/shares/dharmendra.jpg

काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ।  ८९ वर्षीय अभिनेताको उपचारका क्रममा निधन भएको हो । उनलाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको समाचार लेखेका छन् । यद्यपि उनको परिवारबाट भने आधिकारिक जानकारी आउन बाँकी छ ।

उनको निधनको खबरसँगै बलिउड मात्र नभई सम्पूर्ण भारतीय फिल्म उद्योगलाई ठूलो धक्का लागेको छ । धर्मेन्द्र ६ दशकदेखि हिन्दी सिनेमामा सक्रिय थिए। उनले ३०० भन्दा बढी फिल्म खेलेका छन्। धर्मेन्द्रले १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट डेब्यु गरेका थिए। धर्मेन्द्रको जन्म १९३५ डिसेम्बर ८ मा नसरालीमा भएको थियो। उनी डिसेम्बर ८ मा ९० वर्ष पुग्ने क्रममा थिए ।


Facebook Comments