एकैपटक १४ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा
कर्मचारी प्रशासन चुस्त बनाउने पहल
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २५ गते ०५:४७
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबारको निर्णय अनुसार १४ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयको निर्णयपछि उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ नगरपालिका, भीमेश्वर नगरपालिका र मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ ।
यस्तै, अधिकृतको दरबन्दी रहेका सुनसरीको गढी गाउँपालिका र दवानगञ्ज गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, नुवाकोटको किस्पाङ र मेधाङ गाउँपालिका, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, र रुपन्देहीको सियारी गाउँपालिकाका प्रशासकीय अधिकृतहरूको समेत जिम्मेवारी हेरफेर भएको छ ।
यसैगरी, जिल्ला समन्वय समिति खोटाङ र सिरहामा जिल्ला समन्वय अधिकृत (उपसचिव दरबन्दी) सहित थप ६ जना अधिकृतको सरुवा गरिएको छ । मन्त्रालयले प्रशासन सेवाको कार्यसम्पादन चुस्त बनाउन एकैसाथ दर्जनभन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।
हेर्नुहोस् सूची:
Facebook Comments