को–को छन् कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा ?

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ०१:३९
Image of https://mayorsap.com/storage/photos/shares/kulman-ghising_1.jpeg

काठमाडौं । कुलमान घिसिङको  ‘उज्यालो नेपाल पार्टी’ नामक दलले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ । आयोगमा मंगलबार पेस गरिएको विवरणमा केन्द्रीय कमिटीमा रहने ५१ जना सदस्यहरूको नाम रहेको छ भने पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ ।

हाल ऊर्जा, भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान आफै भने पार्टीको कार्यसमितिमा अहिले संलग्न छैनन्। उनले चुनावअघि मात्रै सभापति भएर पार्टीको नेतृत्व गर्ने र निर्वाचनमा भाग लिने तयारी रहेको बुझिएको छ।

उनको विश्वासपात्र उपाध्यायको नेतृत्वमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन सहभागी हुने गरी दल दर्ताका लागि अध्यावधिक विवरण पेस गरेका हुन्। 

यसैबीच, पूर्वसांसद सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङलगायत भने यो पार्टीमा समावेश छैनन् । उनीहरु कुलमानको पार्टीमा रहने चर्चा चलेको थियो । आज बिहानमात्रै कुलमानले नै सुमना र सुदनसँग सुरुवाती समयदेखि नै सहकार्य गरेर जाने विषयमा छलफल गरेका थिए। कुलमानकै नेतृत्वमा नयाँ दल गठनको लागि सुमना लामो समयदेखि सक्रिय थिइन्।  


Facebook Comments