रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश

दोस्रोपल्ट सक्कली मिसिल झिकाउने आदेश

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rabi-chhabi-1.jpg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश भएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले बिहीबार थप प्रमाण भन्दै मिसिल झिकाउन आदेश दिएको हो ।

रास्वपा सभापति लामिछानेले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै दिएको निवेदनमाथि आचार्य र अर्यालको इजलासले दोस्रोपल्ट सक्कली मिसिल झिकाउने आदेश गरेको हो । यसअघि कात्तिक २० को इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । 

 

 


Facebook Comments