मधेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, पदअनुकूल आचरण नगरेको आरोप

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २७ गते ०३:०७
Image of https://mayorsap.com/storage/photos/shares/ramchandra-mandal_1.jpg

काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै ७ दलीय गठबन्धनले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

बिहीबार दर्ता भएको प्रस्तावमा सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेको आरोप लगाइएको छ। मण्डल नेकपा एमालेबाट सभामुख भएका हुन्। मण्डलविरुद्धको प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएमा उनी पदमुक्त हुने छन्। 

 


Facebook Comments