एनपीएलको टिकट खुला, ५ सयदेखि २ हजारसम्म पर्ने

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २७ गते १६:०९
Image of https://mayorsap.com/storage/photos/shares/npl-flood.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट बिक्री खुल्ला गरेको छ। मंसिर १ गतेदेखि सुरु हुने एनपीएल दोस्रो संस्करणको पहिलो ६ दिनको लागि टिकट खुला गरेको हो । खेल हेर्न जान चाहनेले खल्तीमार्फत टिकट काट्न सकिनेछ ।

पहिलो दिन र शनिवारका लागि साधारण प्यारापिटको टिकट ५०० र भिआइपीको १५ सय तोकिएको छ । त्यसबाहेकका अन्य लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र भिआइपीतर्फ एक हजार कायम गरिएको छ ।

प्लेअफ र फाइनलका लागि साधारणतर्फ एक हजार र भिआइपीतर्फ २ हजार तोकिएको छ । सिजनल पासका लागि १५ हजार मूल्य कायम गरिएको छ ।


Facebook Comments