विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन अर्थमा फोकल युनिट

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते २१:५९
Image of https://mayorsap.com/storage/photos/shares/artha-mantralaya.jpg

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन एक फोकल युनिट स्थापना गरेको छ ।

विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय तथा निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत युनिट स्थापना गरिएको हो ।

विदेशी लगानीकर्ताका लागि मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए।


Facebook Comments