मृ*त्यु संस्कारको विवाद सम्झाउन जाँदा वडाध्यक्ष यादवको ह*त्या
प्रहरीद्वारा घटनाको अनुसन्धान सुरु
मेयरसाप डेस्क
|
१० घण्टा अगाडि
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९, अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको छ ।
स्थानीय दुई पक्षबीचको विवाद बढ्दै जाँदा बीचमा सम्झाउन अघि सरेका सोही वडाका अध्यक्ष यादवमाथि नै गोली प्रहार भएको हो ।
गम्भीर घाइते यादवलाई प्रादेशिक अस्पताल जनकपुर पुर्याए लगत्तै मृत्यु घोषणा गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए ।
विवादका क्रममा भएको झडपमा वडाध्यक्षसहित ७ जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।
प्रहरीले घटनामा संलग्न रहेको स्थानीयको भनाइअनुसार एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
Facebook Comments