विद्युत् विस्तारको काम गरिरहेका यादवको करेन्ट लागेर मृत्यु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/download-6.jpg

महोत्तरी । विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । 

यहाँको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरिरहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो । 

निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् विस्तारमा ज्यालादारी कामदार रहेका यादवको  विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रवार तार तान्दै गर्दा विद्युतीय झट्का लागेको थियो । उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्याइएकामा उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईको बर्दिबासस्थित कार्यालयले उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता गरेपछि मात्र अन्तिम संस्कार गर्ने बताएकाले क्षतिपूर्तिको व्यवस्थाका लागि पहल थालिएको बताए ।


Facebook Comments