झुम्का कारागारका पाँचसय ५६ कैदी अझै फरार
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते २३:१४
विराटनगर । कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । जेनजी आन्दोलको दोस्रो दिन भदौ २४ गते ठूलो सङ्ख्यामा आएका जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो ।
सो समयमा रहेका एक हजार ७९६ कैदी भाग्न सफल भएका थिए । सोही दिन तीन जना कैदी बिरामी भएका कारण अस्पतालमा रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिए ।
फरार सबै कैदीमध्ये केही आफैँ फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ५५६ कैदीबन्दीको व्यापक खोजतलास भइरहेको प्रमुख लामिछानेले बताए ।
Facebook Comments