काँक्रो र हरियो धनियाँमा भेटियो अत्यधिक विषादी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १४:०४
Image of https://mayorsap.com/storage/photos/shares/kakro.jpg

काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीका अनुसार, ती तरकारीहरूमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा अत्यधिक पाइएको हो ।

भक्तपुरबाट ल्याइएको हरियो धनियाँमा अर्गानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ । यस्तै, नवलपरासीबाट ल्याइएको काँक्रोमा पनि यो विषादीको मात्रा ४६.५० प्रतिशत भेटिएको छ ।

प्रयोगशालाले कुल १५ वटा तरकारीको नमुना परीक्षण गर्दा यी दुईवटा नमुनामा विषादीको मात्रा उच्च पाइएको जनाएको छ ।

विषादी परीक्षणको मापदण्डअनुसार, कुनै पनि तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादी पाइएमा त्यसलाई खानका लागि अयोग्य मानिन्छ, जबकि ३५ देखि ४५ प्रतिशतसम्म विषादी पाइएमा केही दिन राखेर मात्र खान मिल्ने मानिन्छ ।


Facebook Comments