सिमरामा आज पनि कर्फ्यू आदेश जारी
झडपका कारण तनावग्रस्त
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते १७:०२
काठमाडौं । बाराको सिमरामा जेन–जी युवाहरूले आज बिहानैदेखि प्रदर्शन गरेपछि उत्पन्न तनावलाई थप भड्किन नदिन स्थानीय प्रशासनले दोस्रो दिन पनि कफ्र्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कफ्र्यू लगाएको हो ।
कफ्र्यूको अवधिमा वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोकदेखि जीतपुर लल्का पुलसम्म (राजमार्गको दायाँ–बायाँ ५०० मिटर) र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
बुधवार एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर एमाले कार्यकर्ता र जेन–जी युवाहरूबीच झडप भएको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि हिजो पनि सिमरा क्षेत्रमा कफ्र्यू लगाइएको थियो ।

Facebook Comments