भरतपुरमा २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान

'उज्यालो सहर भरतपुर' अभियान

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते २३:०४
Image of https://mayorsap.com/storage/photos/shares/sadak-batti.jpg

चितवन । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा २१० किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गरेको छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार, दुई चरणमा गरेर राजमार्ग, सहायक राजमार्ग र बढी चहलपहल हुने भित्री सडकमा गरी ६ हजार बत्ती जडान गरिएको छ ।

यसका साथै मुख्य चोकमा १६ वटा ’हाइमास्ट’ र ७५ वटा ’मिनमास्ट’ बत्ती पनि जडान गरिएको छ ।

कूल ३५ करोडको लागतमा सम्पन्न भएको यो परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउने महानगरपालिकाको विश्वास छ ।


Facebook Comments