मध्यविन्दुमा बस दु*र्घटना हुँदा २० जना घाइते
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते १६:५५
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा आज बिहान बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार, नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस मध्यविन्दु–८, खजुरी खोला नजिक दुर्घटनामा परेको हो ।
घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बस अनियन्त्रित भई दुर्घटना भएको खुलेको छ ।
Facebook Comments